भृकुटीमण्डपमा खुला बजार हटाएर स्थायी कक्ष बनाउने
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाएर स्थायी कक्ष (सेमि–परमानेन्ट स्टल) राख्ने बताउनुभएको छ ।
काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६औँ स्थापना दिवसमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले खुल्लाबजारलाई व्यवस्थित गर्नका लागि स्थायी कक्ष राखिने बताउनुभयो ।
निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता पनि सरकारले क्रमशः पूरा गर्दै लैजाने उहाँको भनाइ रहेको थियो । मन्त्री थापाले संविधान र कानूनमा भएका विषयलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको भन्दै जनताको हक र हितका लागि नै सरकार केन्द्रित रहेको धारणा राख्नुभयो । सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले भृकुटीमण्डपको खुलाबजारलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्