शिन्जो आबेको हत्या दोस्रो प्रयासमा भएको खुलासा
टोकियो। जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या दोस्रो प्रयासमा भएको खुलेको छ ।
शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका बेला आबेमाथि गोली प्रहार हुँदा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा गोली प्रहार गर्ने ४१ वर्षीय तेत्सुया यामागामीले एक दिनअघि नै आबेको हत्या गर्ने मनस्थिति बनाएर निस्किएका थिए। बिहीबार नै हत्या गर्ने उनको योजना थियो।
रिपोर्टअनुसार उनले आबेलाई अर्कै कार्यक्रममा मार्ने उद्देश्यले बिहीबार ओकायामाको पश्चिमी क्षेत्र गएका थिए। तर उक्त कार्यक्रममा सहभागीहरूले आफ्नो नाम र ठेगाना पेस गर्नुपर्ने भएपछि आफ्नो योजनाबाट उनी पछि हटेको बयान उनले दिएका अनुसन्धान अधिकारीहरूले बताएका छन्।
हिरासतमा जारी अनुसन्धान उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक सङ्गठन’सँग जोडिएको कारण आफूले पूर्व प्रधानमन्त्रीलाई निशाना बनाएको दाबी गरेका छन्।
स्थानीय सञ्चारमाध्यमले यस सङ्गठनलाई धार्मिक भनी वर्णन गरेका छन्। आक्रमणकारी यामागामीकी आमाले पनि उक्त समूहलाई दिएको दानका कारण आफ्नो परिवारलाई आर्थिक समस्या भएको दाबी गरेकी छन् । –रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #शिन्जो आबे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्