टोखा नगरपालिकाद्धारा ज्येष्ठ नागरिकलाई थर्मस वितरण
काठमाडौं । टोखा नगरपालिकाले ज्येष्ठ नागरिकलाई तातोपानी खुवाउने उद्देश्यका साथ थर्मस वितरण गर्न शुरु गरेको छ । वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले थर्मश वितरण गरेको हो ।
टोखा नगरपालिका भित्र कुल १ हजार ५ सय ६ ज्येष्ठ नागरिक रहेका छन । जसमा पुरुष ८ सय २० र महिला ६ सय ८६ हुन । पुस–माघको ठण्डी बढ्दै जाने क्रममा जेष्ठ नागरिकलाई दम, खोकी, रुगा, पिनासले नसताओस भनेर थर्मश वितरण गरेको नगरपालिकाकी उप–प्रमुख ज्ञानमाया डंगोलले बताईन् ।
टोखा नगरपालिका भित्र रहेका ११ वडा मध्ये १, ४, ५, ७ र ९ ले प्रत्येक ज्येष्ठ नागरिकलाई थर्मश वितरण गरिसकेको छ । बाँकी रहेका अन्य ६ वटा वडामा भने पुस मध्यसम्म वितरण गर्ने जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्