Techie IT
बुधबार, असार २४,२०८३

बुटवलको होटलमा पुरुषसँगै बास बसेकी युवती मृत फेला


काठमाडौँ । बुटवलको गोलपार्कस्थित एक होटेलमा एक पुरुषसँगै बास बसेकी युवती मृत फेला परेकी छन् । पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएको छ । होटेलको कोठा नंं १०५ मा बस्न सदीक्षा नै आएर रुम बुक गरेकी थिइन् ।

मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका छन् । सदीक्षासँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले युवकको परिचय भने खुलाएको छैन । उनी घटनापश्चात फरार भएका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #युवती मृत फेला


तपाईको कमेन्ट लेख्नुहोस्