राजीनामा दिएका अर्थमन्त्री शर्मा माथि मंगलबारदेखि छानबिन थालिने
काठमाडौँ । अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मा माथि मंगलबारदेखि छानबिन थालिने भएको छ।करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको, सीसीटीभी फुटेज मेटाएको आरोपबारे छानबिन गर्न गठित संसदीय समितिले मंगलबारबाट काम सुरु गर्ने भएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको थियो। समितिमा एमालेका ४ सांसद, २–२ सांसद नेपाली कांग्रेस र माओवादी केन्द्रका तथा एकीकृत समाजवादी, जसपा र लोसपाबाट १–१ सांसद सदस्य रहेका छन्। शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले राखेको सहजीकरण बैठकमा छानबिन समितिले मंगलबारबाट काम सुरु गर्न सहमति जनाएका हुन्।
अर्थमन्त्री शर्मामाथि छानवीनको रिपोर्ट बुझाउन १० दिनको समय दिइएको छ। ‘शर्मामाथि छानबिनका लागि गठित समितिले मंगलबार काम सुरु गर्ने निर्णय गरेको छ,’ समितिका एक सदस्यले भने, ‘संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई सदस्य सचिव तोकेर काम अघि बढाइएको छ।’सचिवालयले काम सुरु गरेपछि शर्मामाथिको छानबिन अघि बढेको छ। बिहीबार नै समितिले काम थाल्ने तयारी भए पनि एक दिन ढिला भएको हो। शुक्रबार सभामुख सापकोटाले सहजीकरण बैठक राखेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जनार्दन शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्