अठार दिनदेखि बेपत्ता लक्षिराम मृत फेला
१८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।
लावडको शवलाई स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव कुहिएको अवस्थामा रहेकाले केही दिन अगाडि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठिक नरहेका लावड बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन प्रहरीमा निवेदनसमेत दिएका थिए ।
लावडको शव पुरै कुहिएको अवस्थामा रहेकोले परीक्षण नगरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्