भारतीय र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुव्रमण्यम् जयशंकरबीच इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भेटवार्ता भएको छ । उनीहरु जि(२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका छन् । त्यस क्रममा उनीहरुका बीचमा बालीमा भेटावार्ता भएको हो ।
त्यस भेटका क्रममा विशेषगरी हालैका दिनमा युक्रेनमा विकसित भएको परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । त्यस भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले अहिलेको अवस्थामा युक्रेनमा युद्ध गर्ने र शीतयुद्धको जस्तो अवस्था निम्त्याउने भन्दा पनि यहाँ दुवै तर्फबाट वार्ताको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएकोबताइएको छ ।
रुसले युक्रेनमाथि हमला जारी राखेको छ । गत महिनादेखिको यो युद्धका कारण रुस र युक्रेन दुवैलाई राम्रो नगरेको भन्दै यी दुई देशले आक्रमणलाई नभएर वार्ताको प्रक्रिया थाल्नुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिएका थियो ।
सो भेटका क्रममा चिनियाँविदेशमन्त्री यीले युक्रेन र रुसको पछिल्लो तनावको अवस्थालाई कम गरी आपसी सहयोग र समन्वयबाट विश्व समुदायले नै यी दुई देशलाई वार्ताका लागि तयार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #चिनियाँ विदेशमन्त्री, #भारतीय विदेशमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्