बाढीले कैलाशेस्वर आधारभूत विद्यालयमा क्षति
अछाम । वर्षायाम शुरु भएसँगै विभिन्न प्राकृतिक घटनाहरू हुन थालेका छन् । वर्षाले बाढी पहिरो, भूक्षय लगायतका प्रकोपहरू देखा पर्न थालेका छन् ।
यसैबीच बिहीबार रातीको वर्षा सँगैको बाढीले अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ को श्री कैलाशेस्वर आधारभूत विद्यालयमा क्षति पुगेको छ ।
गएरातीको वर्षपछि आएको बाढीले विद्यालयको घेरापर्खाल भत्काएको छ भने पहिरोले विद्यालय जोखिममा परेको छ । नजिकैको खोलामा आएको बाढीले विद्यालय छेउको पर्खाल भत्काएको छ भने भवन समेत जोखिममा परेको स्थानीय शेर बहादुर बुढाले बताउनु भयो ।
अब थप बाढी आए विद्यालयको भवन समेत पहिरोले भत्काउने जोखिम बढेको छ । बल्देबगर खोलाको किनारमा रहेको विद्यालय बर्षेनि जोखिममा रहँदै आएको स्थानीय गङ्गा बुढाको भनाई छ ।
वर्षामा रामारोशनको कैलाशखोला क्षेत्र जोखिममा रहँदै आएको छ । २०७६ सालको भदौ २ गते राति कैलाशखोलमा आएको बाढीले कैलाशखोलामा १७ जना बेपत्ता पारेको थियो भने जनधनको ठुलो क्षति समेत गरेको थियो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #अछाम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्