निर्वाचनमा खर्च धेरै भयो, आयोगले नियन्त्रण गर्नु पर्छः नेता पौडेल
काठमाडौं l नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले निर्वाचनमा पछिल्यो समय बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् l बिहिवार राजधानीमा आयोजित ‘आर्थिक शुसासन र निर्वाचन’ विषयक अन्तरकृया कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उमेद्वारहरुले खर्च गर्ने गरेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् l
नेता पौडेलले, पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुन्छ l त्यसले हाम्रो व्यावस्थामै प्रश्न उठेको र यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको बताए l
नेता पौडेलले भने, ‘निर्वाचन कानुन र आचार संहिता धेरै छन् l कतिपय रूपमा आयोग सक्रिय देखियपनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन l अब संघको निर्वाचनमा उमेद्वारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यावस्था छ l अहिले त्यो खर्चमा एका दुईले निर्वाचन लडेका होलान् नत्र धेरै ठाउँमा यो सीमा भित्र कसैले चुनाव लडेका छैनन् l यतिमात्र होइन निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन् l’
कार्यक्रममा निर्वाचन आयोगका पूर्व प्रमुख भोजराज पोख्रेलले पछिल्लो समय आयोगले तोकेको खर्च सीमा हाँस्यस्माक भएको बताए l
उप्रेतीले भने, अहिलेका निर्वाचन निकै खर्चिला हुँदै गए l उमेद्वारको खर्च तिब्र गतिमा बढेको छ l आयोगको एउटा मापदण्ड छ l मापदण्ड एकातिर छ उमेद्वारको खर्च अर्कातिर छ l कि आयोगले उमेदवारको खर्च नियन्त्रण गर्न सक्नुपर्यो की यो खर्च सीमा हटाउनु पर्यो l नत्र त यो हाँस्यसमक मात्र भयाे l
कार्यक्रममा पलिसी रिसर्च सेन्टरका विष्णु उप्रेती र मुक्ति रिजाल, गोपाल कृष्ण घिमिरे लगायतले ‘आर्थिक शुसासन र निर्वाचन’ विषयमा आ-आफ्नो भनाई राखेका थिए l
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्