बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
बिहीबार सेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। बुधबार १३.३३ अंकले बढेको नेप्से बिहीबार १६.६० अंकले घटेर दुई हजार २७.३२ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ३.४२, फ्लोट इन्डेक्स १.१८ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२१ अंकले घटेको छ।
आज कारोबारमा आएका २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता सेयर एक अर्ब ८० करोड ६२ लाख चार हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। आज १५७ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २९ कम्पनीको मात्र मूल्य बढेको छ।
आज म्युचुअल फण्डबाहेक नेप्सेका अन्य सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड ०.०९ अंकले बढ्दा जीवन बिमा सर्वाधिक ११५.१७ अंकले घटेको छ। त्यस्तै विकास बैंक उपसमूह ४६.२१, उत्पादन उपसमूह ४३.२०, लघुवित्त ३७.३६ तथा निर्जीवन बिमा ३३.६७ अंकले घटेको छ।
आज आरबीबी म्युचुअल फण्ड १ को सेयर मूल्य सर्वाधिक ३.९३ प्रतिशतले बढ्दा माउन्टेन हाइड्रो नेपालको ३।२४ तथा सिटिजन्स म्युचुअल फण्ड २ को मूल्य ३.०३ प्रतिशतले बढेको छ। यता समिट लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सर्वाधिक ५.२० प्रतिशतले घटेको छ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्