अर्थमन्त्रीकाे राजीनामा राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ: प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले पार्टीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ दिएको बताउनुभएको छ ।
केन्द्रिय समितिको बैठकमा सदस्यहरूको जिज्ञासा र प्रस्तावमाथिको प्रष्टीकरणमा अध्यक्ष प्रचण्डले अर्थमन्त्रीले राजीनामा दिनैपर्ने बाध्यता नभएपनि पार्टीले नैतिकता देखाएको बताउनुभयो ।
उहाँले पार्टीले नैतिकताको राजनीति गर्छ भन्ने सन्देश दिएको बताउँदै छानबिन प्रक्रियालाई सहज बनाउन रोष्टमबाट आफ्ना कुरा दृढतापूर्वक राखेर अर्थमन्त्रीले राजीनामा दिनुभएको उल्लेख गर्नुभयो ।
अध्यक्ष प्रचण्डले सरकार र गठबन्धनलाई नै अप्ठ्यारो पार्ने षड्यन्त्र भएको बताउँदै अर्थमन्त्री जनार्दन शर्माले कुनै गल्ती नगरेको समेत प्रष्ट पार्नुभयो ।
बैठकमा अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन गर्ने जानकारी समेत दिनुभयो ।
महाधिवेशनको मिति छिट्टै तोकिने भन्दै अध्यक्ष प्रचण्डले महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्ने दाबी समेत गर्नुभयो ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्