वैदेशिक रोजगारीको प्रलोभन देखाइ ठग्ने पक्राउ
वीरगञ्ज । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले रु पचहत्तर हजारसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु रहेको प्रहरीले जनाएको छ ।
कानुले विभिन्न व्यक्तिसँग वैदेशिक रोजगारमा निःशुल्क टिकट र भिसामा विदेश पठाइदिन्छु भन्दै प्रलोभन देखाएर रु २५ हजारदेखि रु दुई लाखसम्म रकम ठगेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कानुको डेराबाट नेपाली रु तीन लाख र भारतीय रुपैयाँ एक लाख ४८ हजार नगद तथा आइएमईका कागजातसहित नियन्त्रणमा लिई ठगीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
कानुले रकम हात पार्न आफ्नो नागरिकता प्रयोग नगरी अन्य व्यक्तिको नागरिकताको प्रतिलिपि प्रयोग गरेर आइएमईमार्फत रकम झिकेको उजुरीका आधारमा डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्