Techie IT
बुधबार, मंसीर ३,२०८३

फरार प्रतिवादी पक्राउमा तनहुँ प्रहरी गण्डकी प्रदेशकै पहिलो, मनाङ र मुस्ताङ फेल !


तनहुँ । शान्तिसुरक्षा नियन्त्रणमा सक्रिय रहदै आएको तनहुँ प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दैआएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रदेशभर रहेका विभिन्न ११ वटा जिल्लाबाट प्राप्त तथ्यांक अनुसार तनहुँ प्रहरीले विभिन्न मुद्दामा कैद सजाय पाई लामो समयदेखि फरार रहदै आएका प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो ।

प्रदेश प्रहरी कार्यालयको निर्देशनपछि विभिन्न नौ जिल्ला प्रहरी कार्यालयबाट गएको श्रावण देखी जेठ मसान्तसम्म प्रदेशभर ६५४ फरार अभियुक्तलाई पक्राउ गरेको थियोे ।

त्यसमध्य सबैभन्दा बढी तनहुँ प्रहरीले मात्रै १ सय ७८ जना फरार प्रतिवादीहरुलाइ पक्राउ गर्दा कास्की प्रहरीले १ सय ४९ जना, गोर्खा प्रहरीले १ सय १५, लमजुङ प्रहरीले ५० जना , बागलुङ प्रहरीले ४९ जना, स्याङ्जा प्रहरीले ४२ जना, पर्वत प्रहरीले २७ जना, नवलपरासी पुर्व प्रहरीले २४ जना, म्याग्दी प्रहरीले २० जना फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।

यता, हिमाली जिल्ला अन्तर्गत रहेको मनाङ र मुस्ताङबाट भने हालसम्म कुनै प्रतिवादी पक्राउ पर्न सकेका छैनन् ।

यता, तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीका अनुसार सम्मानित तनहुँ जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद सजाय पाई लामो समयदेखि फरार रहदै आएका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा जिल्ला तथा मातहतका विभिन्न इकाइबाट उनीहरु लाई नियन्त्रणमा लिन सफल भएको बताए ।

उनका अनुसार पक्राउ परेकाहरू कर्तव्य ज्यान मुद्दा देखि गाली बेइज्जती मुद्दासम्मका रहेका छन् । अदालतबाट कसुर ठहर भइ सजाए पाएका अन्य फरार अपराधीलाई समेत तनहुँ प्रहरीले व्यापक मात्रामा खोजतलास गरिरहेको उनको भनाई छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्