विवादमा परेको नागरिकता विधेयक सरकारले आज फिर्ता लिने
काठमाडौँ। लामो समयदेखि विवादमा परेको नागरिकता विधेयक अन्ततस् सरकारले आज फिर्ता लिने भएके छ । गत मन्त्रीपरिषद बैठकको निर्णय अनुसार संसदमा रहेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ नागरिकता विधेयक संसदमा पेश गर्न लागिएको हो ।
बिगतमा राजनीतिक दलसँग भएका सहमति अनुसारका बुदाँलाई मात्रै समेटेर सरकारले नयाँ नागरिकता बिद्येयक संसदमा पेश गर्न लागेको हो ।
‘जन्मसिद्धका सन्तानले कानुन नहुदाँ नागरिकता पाउन सकिरहेका थिएनन, नयाँ बिद्येयक ल्याउने भएपछि सो पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्नेछ,’ लोकतान्त्रिक समाजवादीका बरिष्ठ नेता बरिष्ठ नेता राजेन्द्र महतोले भने । उनका अनुसार जन्मसिद्धका सन्तानले बंशजले सरह नागरिकता पाउने पुर्ववतः अधिकार संसदमा नागरिकता बिद्येयक अडकिदा कार्यान्वयन हुन सकेको थिएनन ।
२२ गते प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका महतोलाई नयाँ नागरिकता बिद्येयक २३ गतेको बैठकमा पेश गर्न लागेको जानकारी गृह मन्त्री बालकृष्ण खाँडले दिएको जनाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नागरिकता विधेयक, #संसद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्