सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउँछ : अध्यक्ष धर्मेन्द्र झा
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व’ विषयक अन्तक्र्रियामा उहाँले लोकतन्त्रको बलियो आधार सूचनाको हक भएको बताउनुभएको हो ।
नेपालका प्रत्येक सार्वजनिक निकाय सूचनाको हकप्रति गम्भीर हुन जरुरी रहेको औँल्याउँदै अध्यक्ष झाले सूचनाको हक कार्यान्वयनका लागि स्थानीय सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
अझै पनि सूचना दिने र पाउनेबीच तालमेलको अभाव रहेको भन्दै उहाँले सूचना दिनुपर्ने हकलाई व्यवहारमा उतार्न सबैको पहल कदमी आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले सूचना नै शक्ति हो, त्यो शक्तिको सदुपयोगले सम्बन्धित निकायलाई खबरदारी गर्छ, सूचनाको हकले सार्वजनिक हित गर्नसक्ने सन्दर्भ जोड्दै सूचनाको पारदर्शिताले जनता र स्थानीय निकायबीचको सम्बन्ध सुदृढ बनाउन सक्छ, यसको धेरै उदाहरण छन् ।”
स्थानीय सरकारले जनताको बढी चासो राख्ने विषयका सूचना सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय तहमा रहेका जनप्रतिनिधिलाई सूचनाको हक कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सूचनाको हककाबारेमा आफूले आज बल्ल बुझेको बताउँदै यो स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले जान्नुपर्ने विषय रहेको बताउनुभयो । उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमि नगरपालिका सधैँ सूचनाको हकप्रति सचेत रहने बताउनुभयो ।
त्यसअवसरमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, राष्ट्रिय सूचना आयोगका सचिव भागरथी पाण्डे, पत्रकार महासङ्घका सचिव नारायणसुन्दर किलम्बु, पत्रकार महासङ्घ भक्तपुरका कार्यवाहक अध्यक्ष सुन्दर शिल्पकारलगायतले सूचना माग्ने बढे मात्रै दिने निकाय जिम्मेवार बन्ने भएकाले सूचना माग्न आग्रह गर्नुभयो ।–रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #धर्मेन्द्र झा, #राष्ट्रिय समाचार समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्