श्रम मन्त्री कुँवर र युएइका राजदुत साइद अल नक्विबीच भेटवार्ता
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएई) का राजदूत साइद अल नक्विबीच भेटवार्ता भएको छ ।
राजदूत नक्वि मन्त्री कुँवरलाई भेट्न आज मन्त्रालय पुग्नुभएको थियो ।
उहाँहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मुजबुद् बनाउने विषयमा छलफल भएको छ । युएईमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने विषयमा पनि उहाँहरू बीच छलफल भएको छ ।
मन्त्री कुँवरले राजदूत नक्विलाई युएईबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा समन्वय गरेर अगाडी बढ्ने जानकारी गराउनुभएको थियो । साथै उहाँले संयुक्त अरब इमिरेटसका ठुला लगानीकर्ताहरूलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इन्जिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गर्नुभएको छ ।
उहाँले केही समयपछि युएईका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका लागि निमन्त्रणा पठाउने जानकारी समेत गराउनुभयो । युएईका मन्त्रीलाई नेपाल भ्रमणमा बोलाएर त्यहाँ रहेका नेपाली कामदारका समस्या र न्यायको क्षेत्रमा विस्तृत रुपमा छलफल गर्ने योजना भएको मन्त्री कुँवरले बताउनुभयो ।
युएईका राजदूत नक्विनले आफूलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्रीलाई धन्यवाद दिनुभएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #शेरबहादुर कुँवर, #श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, #साइद अल नक्वि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्