चितवनमा आजदेखि रोजगार मेला हुदै
चितवन, २२ असार । जिल्लामा आजबाट रोजगार मेला हुने भएको छ । भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९ गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले पहिलोपटक गर्न लागेको हो ।
जिल्लामा हुने विकास निर्माणका काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गर्न लागिएको सुवेदीले जानकारी दिनुभयो । सुवेदीले निजी क्षेत्र र विज्ञसँगको छलफलपछि मेला आयोजना गर्न लागिएको प्रष्ट पार्नुभयो ।
विभिन्न सङ्घसंस्था, कम्पनी तथा उद्योगमा आवश्यक रोजगारीका बारेमा मेलामा जानकारी दिइने छ । रोजगारका लागि आवश्यक सीप र योग्यता भएका व्यक्तिलाई रोजगारदाताबाट मेलामा नै नियुक्ति दिइने छ । जिल्लाका साथै देश–विदेशमा उपलब्ध विभिन्न रोजगारीका अवसरमा जानकारी गराइने सुवेदीले बताउनुभयो ।
विद्यार्थी तथा बेरोजगार युवालाई श्रमबजारको माग र आवश्यकताका आधारमा वृत्ति परामर्श सेवा प्रदान गरिने उहाँको भनाइ छ । तालिम प्रदायक संस्थाले प्रदान गर्ने सीपमूलक तालिम र अवसरका बारेमा सो अवसरमा जानकारी गराइने छ ।
चितवन पोल्ट्री, दूध, माछा, केरालगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ । त्यस्तै होटल, विभिन्न उद्योगमा ठूलो सङ्ख्यामा कामदारको माग भए पनि भारतलगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ । मेलाले रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दूरी नजिक बनाउने अपेक्षा गरिएको छ ।
मेलामा ६० वटा स्टल रहने छन् । दुई दिनसम्म चल्ने मेलामा १० हजार हाराहारीले अवलोकन गर्ने र दुई सय जनाले मेलाकै समयमा रोजगारी पाउने अपेक्षा सुवेदीले गर्नुभयो ।
वैदेशिक रोजगारीमा जान चाहनेलाई सीपमूलक तालिम दिने, पालिकामा हुने विकास निर्माणमा जनशक्ति उत्पादन गरी मौसमी रोजगारी दिने तथा विभिन्न सङ्घसंस्थामा आवश्यक पर्ने कामदारको मागलाई पूरा गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क सङ्कलन गरिने छ ।
मेला हेल्भिटासको प्राविधिक सहयोगमा हुन लागेको हो । यसमा उद्योग वाणिज्य सङ्घ चितवन, चितवन उद्योग सङ्घ, चितवन च्याम्बर अफ कमर्स, रत्ननगर उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी महासङ्घ नेपाल, क्षेत्रीय होटल सङ्घ नेपाल, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल, नेपाल पोल्ट्री महासङ्घको सहकार्य रहेको छ । –रासस
क्याटेगोरी : समाचार
ट्याग : #चितवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्