कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने
कर्णाली २२ असार । कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगन भएको थियो ।
सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन । “प्रमुख प्रतिपक्षी एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्याविधिअनुसार लागू गर्नुपर्ने, निर्वाचन क्षेत्र विशेष कार्यक्रमको निष्पक्षताका आधारमा दिनुपर्ने, रु १५ लाख बजेटभन्दा मुनिका योजना स्थानीय तहमा पठाउनुपर्ने माग सरकारसँग राख्दै आएको छ”, सभामुख शाहीले भन्नुभयो ।
सभामुख शाहीले एमालेले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको किताब तथ्यगतरूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान कायमै राखेको बताउनुभयो । बिहीबार बिहान ८ः०० बजे सत्ता गठबन्धन दलका प्रमुख र प्रतिपक्षी दलहरूको निर्णायक बैठकबाट सहमति जुटाएर दिउँसो १ः०० बजे सदन चलाउने योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेशसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्