युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच वार्ता
किभ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उहाँहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिनुभएको छ ।
उहाँले मङ्गलबार ट्वीट गर्दै आफूले बेलायती प्रधानमन्त्रीसँग फोनमा कुराकानी गरेको र त्यस समयमा युक्रेनको अवस्था र शान्ति सुरक्षाका विभिन्न विषयमा कुराकानी भएको जानकारी दिनुभएको छ ।
त्यस वार्ताका क्रममा आफूले बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिएको पनि बताउनुभएको थियो । बेलायत सरकारले हालैमात्र गरेको एक निर्णयमा युक्रेनलाई १।२ अर्ब अमेरिकी डलर बराबरको सुरक्षा सहयोग गर्ने निर्णय गरेको थियो ।
त्यसैका लागि आफूले बेलायत सरकारलाई धन्यवाद दिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिनुभएको हो ।सो वार्तामा उहाँहरुका बीचमा विश्वमा देखा परिरहेको खाद्यान्नको अभाव र युक्रेनका लागि आवश्यक सहयोगका विषयमा पनि कुराकानी भएको थियो ।
साथै आगामी वर्ष बेलायतले युक्रेनको पुनर्निर्माणसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ । त्यसका लागि पनि आफूले बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेको राष्ट्रपति जेलिन्स्किीले जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #बोरिस जोनसन, #भोलोडिमिर जेलिन्स्किी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्