चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे
चितवन। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा मरेका दुई गैँडामध्ये एउटाको खागखुर शिकारीले लगेका थिए भने अर्को एकको खागखुर सुरक्षित रहेको थियो ।
बाँकी ३४ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् । तीमध्ये झण्डै आधा जुधेर मरेको तिवारीले बताउनुभयो । गैँडा बुढो भएर, दलदलमा फसेर, बाघको आक्रमणमा परेर, खाडलमा परेर मरेका हुन् ।
गत आवमा ३३ वटा गैँडा प्राकृतिक कारणबाट मरेका थिए । केही वर्षअघि एकै वर्ष प्राकृतिक कारणबाट ४४ गैँडा मरेका थिए । त्यो नै हालसम्मको प्राकृतिक कारणबाट मरेका सबैभन्दा ठूलो सङ्ख्या हो । गैँडाको सङ्ख्या बढेसँगै मृत्युदर बढ्दै गएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणबाट मृत्युदर घटाउन सक्ने जति प्रयास भइरहेको बताउनुभयो । एकै ठाउँमा धेरै गैँडा नहोस् भन्नका लागि निकुञ्जले आन्तरिक स्थानान्तरणको योजना बनाएको छ । यससँगै बासस्थान व्यवस्थापनमा जोड दिएको छ । नमूना घाँसेमैदान निर्माणका लागि प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।
गैँडा एकै ठाउँमा धेरै रहँदा जुधेर मर्ने क्रम बढेपछि फरक–फरक ठाउँमा व्यवस्थित घाँसेमैदान र पानीको स्रोत व्यवस्थापनमा निकुञ्ज जुटेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गैँडा, #चितवन राष्ट्रिय निकुञ्ज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्