टोखामा मोटरसाइकल पोलमा ठोक्किदा एक जनाको मृत्यु, कैनी घाइते
काठमाडौँ । काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
टोखा नगरपालिका–६ मिलनचोकमा गए राति पौने १२ बजे टेलिफोनको तार भएको पोलमा मोटरसाइकल ठोक्किदा बा६५प ८०६५ नंको मोटरसाइकल चालक गोरखा घर भई बसुन्धारा बस्दै आएका २१ वर्षीय सुवास सुर्खेतीको उपचारका क्रममा मृत्यु भएको हो । गोरखाकै १८ वर्षीय सुदीप सुर्खेती भने घाइते भएका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले पोलमा ठोक्किएर गम्भीर घाइते सुर्खेतीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
दुवै जनाले मादक पदार्थ सेवन गरेको अनुसन्धानमा खुलेको र घाइते सुर्र्खेतीको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा मोटरसाइकल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्