खेलकाे माध्यमबाट नेपाललाई विश्वमै चिनाऔँ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद क्षेत्रको विकासबाट नेपालको नाम विश्वमै उजागर गर्न सकिने भएकाले खेलकुद क्षेत्रमा सबैको अभिरुचि बढाउँदै यसको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन दिवसको अवसरमा नेपाल ब्याडमिन्टन सङ्घले आज राष्ट्रपति कार्यालयमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले विद्यालय क्षेत्रमा समेत ब्याडमिन्टनप्रति रुचि बढ्दै गएकोमा खुसी व्यक्त गर्नुहुँदै ब्याडमिन्टन खेलको विकासमा सम्वद्ध पक्षसँग आफू पनि सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपालमा फरक फरक हावापानी रहेका क्षेत्र भएकाले खेल पर्यटनको विकास गरेर पनि नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलकुदको क्षेत्रमा राष्ट्र प्रमुखको चासोबाट आफूहरूलाई यस क्षेत्रको विकासमा लाग्न हौसला प्रदान भएको बताउनुभयो ।
तस्वीरः सुनिल बज्राचार्य, राष्ट्रपतिको कार्यालय
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्