कमला न्यौपानेको स्मृतिमा कृति लोकार्पण
मङ्सिर । शनिबार गोर्खा सर्जक समाजद्वारा प्रकाशित ‘स्मृतिमा कमला न्यौपाने’ कृतिको लोकार्पण गरिएको छ ।
स्वर्गिय कमला न्यौपानेको वार्षिक पुण्य तिथीको दोस्रो दिन झम्शीखेल स्थित न्यौपाने निवासमा आयोजित एक कार्यक्रम माझ उक्त कृतिको लोकार्पण स्व. कमलाका श्रीमान साहित्यकार तुलसीप्रसाद न्यौपाने, साबित्री थापा र सुस्मिता अधिकारीले संयुक्त रुपमा गरे । पुस्तक लोकार्पण पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार तुलसीप्रसाद न्यौपानेले पत्नी बियोगको पिडालाई शब्दमा उतार्न जति कठिन भयो-त्यो भन्दा अझ बढता रिक्तताको पिडा जीवन भोगाइमा आफूले महशूस गरेको बताए ।

कार्यक्रममा गोर्खा सर्जक समाजका तर्फबाट बोल्दै प्राध्यापक डा. सिताराम अधिकारीले स्मृतिमा कमला न्यौपाने कृति पारिवारिक स्नेहको स्मृति पुण्ज रहेको अौल्याउदै उक्त कृतिले नेपाली वाङमय क्षेत्रमा नयाँ आयाम ल्याउन सक्ने पनि बताए ।
कार्यक्रममा कवि तिर्थराज अधिकारी लगायतले मन्तब्य धारणा राखेका थिए ।
प्राध्यापक डा. सिताराम अधिकारीको भूमिका लेखन रहेको पुस्तकार ‘स्मृतिमा कमला न्यौपाने’ कृतिमा स्व. कमलाका पति तुलसी न्यौपाने, छोरा दिपक, छोरी सुजता, बुहारी स्मिता, नातीहरु निश्चल र निश्चित न्यौपानेका भावनाहरु समेटिएका छन् । गृहणी जीवन ब्यथित गरेकी कमला न्यौपानेको गत साल कार्तिक ३० गते निधन भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कृति लोकार्पण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्