नेपालको सङ्गीत तथा नाट्य क्षेत्रको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार आवश्यक छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुजातीय र बहुभाषिक नेपालको सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण तथा विकास गरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औँ प्रज्ञा सभाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले भौगोलिक र जैविक मात्र नभएर सांस्कृतिक विविधतामा समेत नेपाल धनी भएकाले सम्पदाहरू राज्यका अमुल्य सम्पत्ति भएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले सबै जाति तथा समुदायको भाषा, संस्कृति तथा परम्पराको विकास गर्नुपर्ने र छरिएर रहेका त्यस्ता सम्पदाहरूको खोज, अनुसन्धान गरी अभिलेखीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको सांस्कृतिक विविधताले राष्ट्रिय एकतालाई थप बलियो बनाउने भएकाले राष्ट्रका गहना भाषा, कला, नाट्य, साहित्य, सर्जक, संस्कार र संस्कृतिलाई प्रोत्साहन तथा सम्मान गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रधानमन्त्री देउवाले बताउनुभयो ।
कार्यक्रममा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा शान्तिका प्रवर्द्धक गौतमवुद्धको देश हुनुका साथै विविधतामा एकता नै मुलुकको मौलिकता भएकाले तिनको संरक्षण तथा विकासमा सरकार सधैँ लागिपर्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले सङ्गीत तथा कला क्षेत्रले मानिसको ऊर्जालाई सधैँ सृजनात्मक बनाउने भएकाले सङ्गीत तथा नाट्य क्षेत्रका सर्जक तथा साधकहरूको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्