बागलुङ नगरपालिकाबाट भारीमात्रामा लागु औषध सहित चार जना पक्राउ
राेशन दानी । बागलुङ प्रहरीले भारी मात्रामा प्रतिबन्धित लागुअाैषध सहित चार जनालाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष सुचनाकाे अाधारमा
बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कमा चेकजाँचकाे क्रममा भारी मात्रामा प्रतिबन्धित लागुअाैषध सहित चार जनालाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी प्रमुख एसपी दया निधि ज्ञवालीका अनुसार बुटवलबाट बागलुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नं. को बसमा लागू औषधको ओसारपसार भएको भन्ने विशेष सुराकिको आधारमा लागुअाैष सहित चार जनालाई पक्राउ गरिएकाे पुष्टि गरे ।
लागुअाैषध सहित पक्राउ पर्नेमा जिल्ला पाल्पा साविक मदनपोखरा गा.वि.स. वडा नम्बर ७ स्थायि वतनका बर्ष ४५ का कृष्ण प्रसाद पुरी र जिल्ला गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थायि वस्ने बर्ष ३८ को सुरथ बहादुर घिमिरे , जिल्ला रुपन्देहि देवदह नगरपालिका वडा नम्बर. ६ स्थायी वतनका बर्ष ३३ लोक बहादुर थापा र जिल्ला दाङ लमहि नगरपालिका वडा नम्बर ७ स्थायि वतनका बर्ष २५ को शोसन चौधरी छन् ।
एसपी ज्ञवालीले भने,” बसको यात्रु आवतजावत गर्ने गल्लीमा रहेको कम्ब्याट रङको पछाडी भिर्ने झोलामा कागज र खैरो रङको प्लाष्टिक टेपले बेरिरहेको अवस्थामा फेनार्गन ९०५ एम्पुल, डाईजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुल गरी एकमुष्ट २७४६ एम्पुल लागू औषध फेला परेको थियाे ।”
पक्राउ परेका चार जनालाई बागलुङ जिल्ला अदालत बागलुङबाट पहिलो पटक २० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्