टोखा नगरपालिकाको एघारौं अधिवेशन सम्पन्न, २ अर्ब ११ करोड ५६ लाख रुपैंयाँको बजेट सर्बसम्मतिले पारित
टोखा नगरपालिकाको नगर सभा अन्तरगत एघारौं अधिवेशन आज सम्पन्न भएको छ ।
टोखा नगरपालिकाको नगरसभा यहि असार १० गते शुरु भएको थियो ।
नगर सभाले आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सर्बसम्मतिले पारित गरेको छ ।
नगरसभामा आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सर्बसम्मतिल रुपमा पारित गरिएको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
नगर सभामा नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको आगामी आर्थिक २०७९।०८० को बजेट, नीति तथा कार्यक्रम पारित गरियोस् भनि नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।
त्यसपछि नगर सभाका सदस्यहरुले तालि बजाएर सर्बसम्मत रुपमा पारित गर्नुभएको थियो ।
सो अवसरमा नगरसभालाई संबोधन गर्नुहुदै नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीको माग र चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको बताउदै नगरको विकास र समृद्धिका लागि आगामी दिनमा नगरपालिका अझ बढि सक्रिय भएर लाग्ने बताउनुभएको थियो ।
नगर प्रमुख अधिकारीले नगरपालिकालाई समृद्ध र नमूना बनाउन आफू लागिपरेको पनि बताउनुभएको थियो ।
नगरसभालाई संबोधन गर्नुहुदै नगर प्रमुख प्रकाश अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्बाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन प्रवद्र्धन, कृषि, सेवा प्रवाह, सम्पदा तथा संस्कृति संरक्षण लगायत नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको थियो ।
नगरसभामा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९।०८० को लागि २ अर्ब ११ करोड ५६ लाख ७ हजार रुपैंयाँको बार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।
नगरसभामा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९।०८० विनियोजन विधेयक पनि प्रस्तुत गर्नुभएको थियो ।
नगरसभामा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले टोखा नगरपालिकाको समग्र विकास र समृद्धि गर्ने गरी बजेट तथा नीति कार्यक्रम पारित गरिएको बताउदै नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिने गरी नीति, कार्यक्रम र बजेट पारित गरिएको बताउनुभएको थियो ।
नगरसभाले नगरसभा सदस्यहरु गोपीकृष्ण पाठक र चन्द्र प्रकाश श्रेष्ठलाई न्यायिक समितिको सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
नगरसभामा टोखा नगरपालिकाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु लगायत नगरसभा सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #टाेखा नगरपालिका, #प्रकाश अधिकारी, #मुरारी तामाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्