काठमाडौँका अधिकांश पानीको स्रोतमा हैजाको जीवाणु
काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजा संक्रमण महामारीको रुपमा फैलन सक्ने चिन्ता बढेको छ ।
हालसम्म उपत्यकामा हैजा संक्रमण पुष्टि हुनेको संख्या १९ पुगेको छ ।
सोमबार कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो ।
हालसम्म १४ जना पुरुष र ५ जना महिलामा हैजा देखिएको हो ।
१४ वर्ष मुनिका तीन बालबालिकामा हैजा भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ ।
इडीसीडीका अनुसार कागेश्वरी मनोहरामा तीन जना, बागबजार र कालीमाटीमा दुई–दुई जना हैजाका बिरामी भेटिएका छन् ।
त्यसैगरी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), कीर्तिपुर, टेकु, कागेश्वरी मनहरा र ग्वार्कोमा एक–एक जनामा हैजा संक्रमण देखिएको छ ।
काठमाडौँ उपत्यकाका धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानीमा समेत इकोलाई र कोलिफर्म देखिएको छ ।
इकोलाई मानिसको दिसामा हुने जीवाणु जसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ ।
त्यस्तै, ललितपुरका विभिन्न स्थानका पानीको स्रोतमा पनि जीवाणु भएको पुष्टि भइसकेको छ ।
हाल पाटन अस्पतालमा मात्रै झाडावान्ताका दैनिक २५ भन्दा बढी बिरामी आइरहेका बताइएको छ ।
चिकित्सकहरुका अनुसार लामो समयसम्म काठमाडौँमा फोहोर नउठाइएका कारण संक्रमण तीव्र बन्दै गएको हो ।
काठमाडौँका अधिकांश क्षेत्रका पानीका स्रोतहरु शुद्ध नभएका विज्ञहरुको भनाइ छ ।
चिकित्सकहरुले पानी उमालेर प्रयोग गर्न सुझाव दिइरहेका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #हैजा संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्