श्रीलङ्कामा एक दिनलाई पुग्ने इन्धन बाँकी
कोलम्बो । श्रीलङ्कामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ ।
देशमा आर्थिक सङ्कट गहिरिएसँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिनुभएको हो । तेल अभावले सार्वजनिक यातायात ठप्प छ ।
राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जा मन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताउनुभयो ।
अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उहाँले अपेक्षा गर्नुभएको छ। टाट पल्टिएको श्रीलङ्काले आपत्कालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।एजेन्सी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #श्रीलङ्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्