स्यालको आक्रमणबाट छ जना घाइते
सल्यान, २२ । वनगाड कुपिण्डे नगरपालिका–५ काफलेनीमा शुक्रबार राति स्यालको टोकाइबाट छ जना घाइते भएका हुन् ।
स्यालको टोकाइबाट काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र १६ वर्षीय मानबहादुर पुन घाइते भएका हुन् । यस्तै कुमाख गाउँपालिका–२ तिमिलेमा पनि स्यालको टोकाइबाट दुई जना घाइते भएका छन् ।
बेलुका घर बाहिर निस्केका बेला एक्कासि बारीबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित शेरबहादुर पुनले बताउनुभयो । यसअघि नजिकैको जङ्गलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय दुर्गा विसीले जानकारी दिनुभयो । स्यालको टोकाइबाट घाइते भएकाको सल्लीबजारस्थित जनवन्धु पोलिक्लिनिकमा उपचार भइरहेको छ । उक्त स्यालको खोजी भइरहेको सल्लीबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #स्यालको आक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्