वाग्मती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव आज भेटियो
रौतहट । रौतहटको बाग्मती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव आज भेटिएको छ ।
भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर क्षेत्र घुम्न आएका तीन जना शनिबार बाग्मती नदिमा नुहाउने क्रममा बेपता भएका थिए । बेपत्ता दुई जनाको सब वृन्दावन नगरपालिका वडा नम्बर १ सल्लेरी नदी किनारमा मृत अवस्थामा भेटिएको हो ।
तीन जना मध्ये भारत जिल्ला सितामढी कोटबजार बस्ने २७ वर्षीय सुमन साहको तत्कालै स्थानीयले उदार गरेका थिए भने बेपत्ता भएका ३१ वर्षीय मयकं अग्रवाल र अर्का ३१ वर्षीय गोलु कुमारको सब भेटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश दाहालले बताउनुभयो ।
उनीहरू BR01HF6619 नम्बरको कारमा सबार रहेका थिए । बेपताको खोजी कार्य शनिवार देखिनै जारी रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्