केएमसी स्कुलमा कर्मचारीको मृत्यु भएपछि छानबिनको माग
काठमाडौँ। काठमाडौँको बुद्धनगरस्थित काठमाडौँ मोडेल स्कुल (केएमसी) स्कुलमा तोडफोड भएको छ ।
स्कुलको क्यान्टिनमा काम गर्ने २१ वर्षीय कर्मचारी रमा रायमाझीको झुण्डिएको अवस्थामा मृत भेटिएपछि तनाव उत्पन्न भएको हो ।
मृतकका आफन्तले स्कुल परिसरमा प्रदर्शन गर्दै तोडफोड समेत गरेका छन् ।
प्रदर्शन कारीको ढुंगाले लागेर स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । बाक्लो संख्यामा प्रहरीको उपस्थिति रहेको छ ।
विगत डेढ वर्षदेखि काम गर्दै आएकी रमा शनिबार ग्राउण्ड फ्लोरमा रहेको होस्टलको कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।
काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी रायमाझी विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म क्यान्टिनमा काम गर्थिन् ।
उनी शनिबार बेलुका ७ः३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
उनका बुवाआमा काभ्रेबाट आएर विद्यालय बाहिर भावविह्वल छन् ।
आफन्तले मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्