विनोद शाहीको हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ
काठमाडौँ । अछामका १५ वर्षीय किशोर विनोद शाहीको हत्या आरोपमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ ।
पञ्चदेवल विनायक वडा नं. ४ मा शाहीको हत्यामा संलग्न आरोपमा मेयर चलाउनेसहित पक्राउ परेका हुन् ।
गत जेठ १७ गते दुई पक्षबीच भएको विवाददेखि बेपत्ता शाही २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए । शाहीको हत्या भएको भन्दै आफन्तले मेयर चलाउनेसहित १३ जनाविरुद्ध प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए ।
प्रहरीले यसअघि पाँच जनलाई पक्राउ गरिसकेको थियो भने अन्य दुई जनालाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रहरीले अनुसन्धन अन्तिम चरणमा पुगेको र केही दिनमै अदालतमा रिपोर्ट बुझाइने जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्