‘खेल पर्यटनको विकासबाट नेपालले राम्रो फाइदा लिन सक्छ’: राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले खेल पर्यटनको विकासबाट नेपालले राम्रो फाइदा लिन सक्ने बताउनुभएको छ ।
राजधानीमा सम्पन्न महिला खुल्ला गल्फ प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्न आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपालको हावापानी र भौगोलिक विविधताका कारण खेल पर्यटनको माध्यमबाट अन्तर्राष्ट्रिय खेल केन्द्रका रुपमा नेपाललाई विकास गर्न सकिने भएकाले यसतर्फ राज्यका साथै निजी क्षेत्र र सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपालमा गल्फ खेलमा महिलाको सहभागिता बढ्दै जानु खुसीको करा भएको उल्लेख गर्नुहुँदै यसको विकासले नेपाललाई विश्वमा चिनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले खेलले व्यक्तिको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा सकारात्मक परिवर्तन दिनेसँगै देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गर्दै आएको बताउनुभयो ।
त्यस अवसरमा रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, महिला खुल्ला गल्फ प्रतियोगिताका आयोजकहरू आरसिया बानो, प्रतिमा शेर्पा, सरिता श्री ज्ञवाली लगायतले राष्ट्र प्रमुखको उपस्थिति र चासोले नेपालमा गल्फको विकासमा लाग्नेहरूलाई थप बल पुगेको र यसले आफूहरूमा हौसलाको सञ्चार गरेको बताउनुभयो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #खेल पर्यटन, #राष्ट्रपति, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्