अदातलको फैसला भन्दा चार महिना अघि नै नेकपा फुटिसकेको थियो : अध्यक्ष ओली
काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड माधवले २०७७ कातिक २७ गते नेकपा फुटाएको बताउनुभएको छ । त्यसको करिब चार महिनापछि फागुन २३ गते सर्वोच्च अदातले त्यसलाई औपचारिकता मात्र प्रदान गरेको अध्यक्ष ओलीको भनाइ छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका सदस्यहरुसँग भएको अन्तरक्रियामा अध्यक्ष ओलीले नेपालमा कम्यूनिष्ट आन्दोलनलाई सखाप पार्ने र दक्षिणपन्थीहरुलाई सहयोग गर्ने शर्तमा उनीहरुले नेकपा फुटाएको अध्यक्ष ओलीको भनाइ छ ।
‘२०७७ कात्तिक २७ गते नेकपाको सचिवालय बैठक बालुवाटारमा बसेको थियो’ तत्कालिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो ‘प्रचण्डले ज्ञापन पत्रको शैलीमा एउटा कागज मलाई बुझाउनु भयो । रेन्डम्ली त्यसलाई पल्टाएर हेर्दा नेकपा सग्लो हुने देखिन ।’
विभागका सदस्यहरुसँग अध्यक्ष ओलीले उक्त दिनको स्मरण गर्दै भन्नुभयो ‘मैले उहाँहरुलाई भने यस कागजले त नेकपा फुटिसकेको जनाउदिएको छ । यसमा तपाईंहरले हस्ताक्षर गरेर ल्याउनु भएको छ । पार्टी सग्लो राख्ने र कम्यूनिष्ट आन्दोनल बचाउने हो भने यो कागज फिर्ता लैजानुहोस ।’
पार्टीका अध्यक्ष र प्रधानमन्त्री ओलीलाई प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल,नारयणकाजी लगायतका सचिवालयका नेताहरुले १९ बुँदे फौजदारी शैलीका आरोप लगाएर सचिवालयमा पत्र बुझाएका थिए ।
‘पार्टीको निर्वाचित अध्यक्ष,संसदबाट चुनिएको प्रधानमन्त्रीलाई जबरजस्ती हटाउन उनीहरु कतैबाट परिचालित थिए । कातिक २७ गते त्यसको कास्टिङ नेकपाको सचिवालय बैठकबाट गरेका हुन् ।’
अध्यक्ष ओलीले त्यसको सुरुवात धेरै पहिले भइसकेको बताउनुभयो । ‘त्यो ज्ञापन पत्र नेकपा फुटाउने सुरुवात विन्दु थिएन । यसको सुरुवात धेरै पहिला भइसकेको थियो’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसको डिजाइन के थियो भन्ने कुरा पछि सर्वोच्चको परमादेशबाट स्पष्ट भयो ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्