अमेरिकी पप गायक केलीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षको जेल सजाय
अमेरिकी पप गायक आर केलीलाई महिला तथा बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ। गत वर्षको सेप्टेम्बरमा ५५ वर्षीय केलीलाई न्यूयोर्कको एक अदालतले आठ महिलाको तस्करीमा दोषी ठहर गरेको थियो। त्यसयता उनको सजायको बहस चलिरहेको थियो।
सरकारको तर्फबाट ४५ साक्षीले बयान दिएका थिए। केली जुलाई २०१९ देखि जेलमा छन्। अभियोजकहरूले उनलाई आजीवन कारावासको माग गरेका थिए। उनीहरूले केलीले महिला र बालबालिकालाई कुनै दया नगरेको पनि बताएका थिए।केलीका वकिलहरूले उनी अब समाजका लागि खतरा नरहेको बताएका छन्। केलीले सन् १९९४ मा गायिका आलियासँग १५ वर्षको उमेरमा विवाह गरेको अदालतमा खुलेको थियो।
त्यो समयमा प्रमाणपत्रमा भने उनको उमेर १८ वर्ष देखाइएको थियो। पछि उनीहरूको विवाह रद्द गरिएको थियो। नौ वर्षपछि आलियाको विमान दुर्घटनामा मृत्यु भएको थियो। इलिनोइस र मिनेसोटा राज्यको अदालतको आरोप बाहेक उनी अहिले पनि शिकागोमा चाइल्ड पोर्नोग्राफी लगायत विभिन्न आरोपको सामना गरिरहेका छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अमेरिकी पप गायक आर केली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्