चलचित्र क्षेत्रको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्रको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय चलचित्र विकास बोर्डको २२ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले मुलुक कोभिड मुक्त हुँदै गएकाले चलचित्र क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न चलचित्र विकास बोर्डलाई समयानुकूल अगाडी बढाउन सरकार तयार रहेको बताउनुभयो ।
मन्त्री कार्कीले सामाजिक जागरणलाई प्रज्वलित गर्ने कलाकार/सर्जकहरू राष्ट्रका गहना मात्र नभई राष्ट्रका गौरव भएको भन्नुहुँदै कलाकारले दिएको योगदानलाई समाजमा विशिष्ट रूप दिन सबै हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कार्कीले आफु सधैँ कलाकारको पक्षमा रहेको भन्नुहुँदै कलाकार समाजको प्रेरणाको स्रोत भएकाले राज्यले विशेष सम्मान दिनुपर्ने धारणा राख्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ज्ञानेन्द्रबहादुर कार्की, #सञ्चारमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्