लहानमा ठेकेदारको करोडौँ रुपैयाँको ठेक्का मिनाहा गरेको रहस्य
लहान । सिरहाको लहान नगरपालिकाका पूर्व मेयर मुनि साह सुडीले आसेपासे ठेकेदारको करोडौँ रुपैयाँको ठेक्का रकम मिनाहा गरेको रहस्य बाहिरिएको छ ।
कोरोनाको बहाना देखाउँदै गत आर्थिक वर्ष २०७७/०७८ को नवौँ नगरसभामा उक्त रकम मिनाहा गरेको खुलेको छ । १ करोड ३१ लख ५१ हजार ७ सय ४६ रुपैयाँ ३४ पैसा मिनाहा गरेको पाइएको छ ।
लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीका अनुसार ८० जना ठेकेदार मध्ये १० जनालाई मात्र ठेक्काको ६० प्रतिशतसम्म रकम मिनाहा गरिनुले मिलेमतो भएको प्रष्ट हुन्छ । चौधरीले भने, ‘यसलाई ठेक्का रकम मिनाहा मात्रै भन्न मिल्दैन, यो सरासर भ्रष्टाचार हो । सम्बन्धित निकायले छानबिन गरी दोषीउपर कारबाही गरिनुपर्छ ।,
लहान नगरपालिका ७ का जयकाली सप्लायर्सले ८३ लाख २१ हजार १११ रुपैयाँमा नगरपालिकासँग वातावरण नदी नियन्त्रणको ठेक्का सम्झौता गरेको थियो। त्यसलाई ५४ लाख ५४ हजार २४७ रुपैयाँ मिनाहा गरेको छ। साथै उक्त सप्लायर्सले नदी जन्य पदार्थको उत्खनन तथा निकासीका लागि नगरपालिकासँग १ करोड ३२ लाख ५१ हजार १ रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा ५१ लख ३९ हजार ४०६ रुपैयाँ मिनाहा पाएको छ।
गुदरी हाटबजार सेवा शुल्क बापत १९ लाख ५५२ रुपैयाँमा लहान १९ का एआर कन्स्ट्रक्सन लहानले नगरपालिकासँग ठेक्का सम्झौता गरेको थियो। नगरपालिकाले कन्स्ट्रक्सनलाई ७ लाख ९६ हजार ९६ रुपैयाँ मिनाहा गरेको छ।
खसीबाख्रा हाटबजार सेवा शुल्क बापत लहान ९ का मोहम्मद इसा मियाँले १५ लाख ५५१ रुपैयाँमा नगरपालिकासँग ठेक्का सम्झौता गरेको थियो। नगरपालिकाले उनलाई ५ लाख २३ हजार ६० रुपैयाँ मिनाहा गरेको छ।
बैलहाट पशु बजारको ठेक्का लहान नगरपालिका ७ का जयनाथ प्रसाद रौनियारले ५२ हजार १५५ रुपैयाँमा सम्झौता गरेको थियो। नगरपालिकाले उनलाई २६ हजार ७२० रुपैयाँ मिनाहा गरेको छ। खसी बाख्रा हाटबजारको ठेक्का १३ लाख ९ हजार ९० रुपैयाँ मा पाएका उनै रौनियारले यस ठेक्कामा समेत ३ लाख ७५ हजार ४०१ रुपैयाँ मिनाहा पाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लहान नगरपालिकाका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्