साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी
बाजुराको साँफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पु¥याएपछि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा मर्मत गर्न थालिएको छ ।
साँफे–मार्तडी सडकखण्डअन्तर्गतको बल्दे, दवारी, हरणेखोला, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउसदेखि मार्तडीको कारागार डिलसम्मको सडक बर्खाले पूर्णरूपमा क्षति पु्¥याएको थियो । बर्खामा भत्किएको सडक हिउँदयाम शुरु भइसक्दा पनि ठेकेदार कम्पनीले मर्मतमा चासो नदेखाएकाले जिल्ला भित्रिने र बाहिरिने सवारीसाधानलाई आवत–जावत गर्न जोखिम बढ्दै गहेको हुँदा प्रहरीले नै सक्रियता बढाएको हो ।
भत्किएका सडक पुनःमर्मत नहुँदा दुर्घटना हुने सम्भावना बढेकाले खसेका ढुङ्गा र पहिरो हटाउन थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो ।
बिहीबार बिहानैदेखि बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाट, प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुलगायत २० प्रहरीको सक्रियतामा सडकमा खसेका ढुङ्गा र पहिरो हटाउन थालिएको हो । गत असारदेखि भदौ मसान्तसम्म निरन्तर परेको वर्षासँगै सडक माथिबाट खसेको पहिरोले सडक नै जोखिममा पुगेको छ । सडक निर्माण कम्पनी पिएस कन्ट्रक्सन प्रालिले सदरमुकाम मार्तडीसम्मको सडक पुनःमर्मत नगरेको हो भने बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको पक्की सडक निर्माणको जिम्मा पाएको पिएस कन्ट्रक्सन प्रालिका इन्चार्ज प्रेम थापाले भने मङ्सिर मसान्तभित्र एक स्काभेटरसहित पाँच टिपर लगाएर पुनःमर्मत गरिसक्ने बताउनुभयो
विसं २०५१ मा अछामको साँफेबगरबाट सदरमुकाम मार्तडीसम्मको ५७ किमी सडकको शिालान्यास गरिएको २२ वर्षपछि सदरमुकाम मार्तडीमा बस सेवा सञ्चालन भएको थियो । बाजुरावासीले सदरमुकाम मार्तडीबाटै पक्की सडकमा यात्रा गर्ने धोको गएको वैशाख महीनाबाट पूरा भए पनि बर्खाले पक्की सडक भत्काएपछि अहिले ५७ किमी सडकमध्ये करीब पाँच किमी सडकमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #साँफे–मार्तडी सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्