७१६ ग्राम कस्तुरीको विना जस्तो वस्तुसहित कोरियन नागरिक पक्राउ
काठमाडौँ । प्रहरीले ७१६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलोसहित कोरियन नागरिकलाई पक्राउ गरेको छ ।
वुधबार कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका यात्रु जुङ जोन जुनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षको ह्याण्ड व्यागेज चेकिङ एरियामा सुरक्षा चेकजाँचका क्रममा पक्राउ गरिएको हो ।
उनले जुत्ता भित्र लुकाएको बिना जस्तो वस्तु बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाडौँमा पठाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्