बलात्कार गरेको अभियोगमा वडाध्यक्षसहित २ जना पक्राउ
काठमाडौं । बैतडीमा महिलालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् ।
२८ वर्षीया महिलामाथि बलात्कार गरेको अभियोगमा बैतडीको मेलौली–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही स्थानका केशवसिंह नेगीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत चैत्र १५ गते महिलामाथि उनीहरुले बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
महिलाको स्वास्थ्य परीक्षण पनि गरिएको छ । आरोपित दुवैजनालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ, #बलात्कारको अभियोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्