आज कहाँ–कहाँ हुँदैछ भारी वर्षा ?
काठमाडौं, १५ असार । गएरातिदेखि भइरहेको वर्षा अझै रोकिएको छैन, वर्षाको यो क्रम भोलि दिउँसोसम्म जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही ठाउँमा आज पानी पर्न रोकिए पनि केहीबेर पछि फेरि पर्ने छ । भोलि दिउँसोपछि भने मौसममा केही सुधार आउने बताइएको छ । जस अनुसार आज पनि मुलुकभर वर्षा हुने भएको छ ।
दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बिहीबार प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ । शुक्रबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण पहाडी भूभागमा भूक्षय तथा पहिरोको जोखिम बढ्नाका साथै तराइका नदी नालामा वहाब बढ्न सक्ने र त्यसबाट हुने जोखिमबाट बच्न महाशाखाले सचेत गराएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भारी वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्