आँफैले खोलेको ग्राण्डी अस्पताललाई ‘कोल्याप्स’ पार्ने खेलमा रुपज्योती
काठमाडौँ, १४ असार । नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट पहिचान बनाएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई ‘कोल्याप्स’ पार्ने खेलमा रुपज्योती समूह लागेको छ ।
निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले विस २०६९ सालमा स्थापना भएको ग्राण्डी अस्पतालमा २५ प्रतिशत शेयर लिएर भित्रिएका रुपज्योतीले अन्ततः ग्राण्डी अस्पताललाई कोल्याप्स पार्ने खेल रचेका छन् ।
अस्पतालको स्थापनाकालमा सञ्चालक समितिका सदस्यका रुपमा रहेका रुपज्योतीले अस्पताललाई थप राम्रो बनाउने आँफै निर्णय गराएर जवरजस्ती अस्पतालको नाममा ६९ करोडको ऋणको बोझ थपिदिएका थिए । उक्त ऋणमध्ये अस्पतालले हालसम्म रु ५१ करोड चुक्ता गरिसकेको छ ।
ज्योती समूह (दाजुभाई)को विवादका बिच काठमाडौँको जमलमा ग्राण्डी सिटि अस्पताल सञ्चालन गरेका रुपज्योतीले आफ्नो २५ प्रतिशत शेयर रहेको ग्राण्डी अस्पताललाई आँफैले निर्णय गराएर दिएको रकमको बाँकी ऋण नतिरेको भन्दै अदालतमा मुद्दा हालेर ग्राण्डीको खातासमेत रोक्का गर्न लगाएका छन् ।
यसअघि ज्योती स्पिनिङ मिलबाट आफू फाइदा लिएर शेयरहोल्डरलाई डुबाएका रुपज्योतीले ग्राण्डीबाट पनि आफू फाइदा लिने र शेयरहोल्डरलाई डुबाउने योजना बुनेको पाइन्छ । उनले योभन्दा पहिले पनि ग्राण्डीमाथि विभिन्न विषयलाई लिएर मुद्दा हालेका छन् ।
रुपज्योतीको बानी नै हो विभिन्न व्यक्तिलाई दुःख दिने । आफ्ना दाई पद्यज्योती र भतिजो सौरभज्योतीलाई समेत विभिन्न केशमा मुद्धा हालेर दुःख दिइरहेका छन् । जनताको स्वास्थ्य संवेदनशीलजस्तो विषयमा रुपज्योतीको यो दादागिरीले अस्पतालमा कार्यरत झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारीहरु मारमा परेका छन् । अदालतमा ग्राण्डीविरुद्ध मुद्दा हालेर खाता रोक्का गर्दा अस्पतालभित्र औषधी किन्ने पैसादेखि डाक्टर, नर्स तथा कर्मचारीले तलबसमेत खान नपाउने अवस्था सिर्जना भएको छ ।
देशको प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार गर्ने थलोमा एक व्यक्तिले बदमास गर्दा दैनिक हजारौँ विरामी समेत समस्यामा परेका छन् । रुपज्योतीले गरेको यस्तो खालको हर्कतप्रति सरोकारवाला निकायहरु गम्भीर बन्नुपर्ने देखिन्छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्