१२ अंकले घट्यो नेप्से
मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १,९२१.३१ बिन्दुमा पुगेको छ। अघिल्लो दिन नेप्से परिसूचक २३.८५ अंकले घटेको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार दुई अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँको कारोबार भएकोमा आज जम्मा एक अर्ब ५ करोड ८२ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ। आज २३० किसिमका धितोपत्र तथा ऋणपत्रको ३० लाख ३७ हजार ६८० सेयर किनबेच भएको छ।
कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये ५१ वटाको मूल्य बढेको छ भने जम्मा १५९ वटाको मूल्य घटेको छ। आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ। यसपछि उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको ७.७४ प्रतिशतले मूल्य बढेको हो।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये बैंकिङ र लाइफ इन्स्योरेन्सको बाहेक सबैको मूल्य घटेको छ। बैंकिङको पनि आज जम्मा ०.०२ प्रतिशत र लाइफ इन्स्योरेन्सको १.०३ प्रतिशतले बढेको हो। आन फाइनान्सको १.५७ प्रतिशत, इनभेस्टमेन्टको १.६५ प्रतिशत र हाइड्रोपावरको १.६९ प्रतिशतले बढेको हो।कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३१ लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यसपछि लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ४३ लाख ८७ हजार रुपैयाँ, सिटिजन इनभेस्टमेन्ट ट्रस्टको ५ करोड ३४ लाख ५४ हजार रुपैयाँ, नेपाल रिइस्योरेन्स कम्पनीको ४ करोड ३७ लाख ८३ हजार रुपैयाँ र न्यादी ग्रुप पावरको ३ करोड ५१ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : ##नेप्से परिसूचक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्