बिन्दबासिनी गा.पा.अध्यक्ष चढ्न खरिद गरिएको गाडी बृद्धबृद्धा र अशक्तका लागि प्रयोग गरिने
वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष चढ्न खरिद गरिएको गाडी अब पालिकाका वृद्धवृद्धा र अशक्तका लागि प्रयोग गरिने भएको छ ।
विन्दवासिनी गाउँपालिकाका पूर्व अध्यक्षको पालामा खरिद गरिएको स्कार्पियो गाडी अहिलेका अध्यक्ष प्रमोद तिवारीले नचढ्ने र उक्त गाडी अब पालिकाका बृद्धबृद्धा र अशक्तहरूको यातायातका लागि प्रयोग गरिने भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत राजु साहका अनुसार, गाउँ कार्यपालिकाको पहिलो बैठकले पालिका अध्यक्षका लागि रहेको गाडी सामाजिक सुरक्षा भत्ता लिन बृद्धबृद्धा र असक्तहरूलाई घरबाट बैङ्कसम्म लैजान र बैङ्कबाट फेरि घर सम्म पुर्याउन प्रयोग गरिने निर्णय गरेको हो ।
पालिका अध्यक्ष तिवारी स्वयंले आफूले निजी गाडी प्रयोग गर्ने र सरकारी गाडी बृद्धबृद्धा र अशक्तको यातायातका लागि प्रयोगमा ल्याउने प्रस्ताव गरेको साहले जानकारी दिनुभयो ।
बैठकले पालिकाका कोही पनि बिरामी उपचारका लागि वीरगन्ज वा कुनै पनि क्लिनिकमा जानु पर्दा पालिकाले इन्धन खर्च बापत ५ सय रुपैयाँ मात्र शुल्क लिएर एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय पनि गरेको साहले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रमोद तिवारी, #बिन्दबासिनी गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्