विवाह गर्ने उमेर २० वर्ष नै कायम राख्नुपर्नेमा सरोकारवालाको जोड
काठमाडौँ । विवाह गर्ने उमेर २० वर्ष नै कायम राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको बाल विवाह, कानूनी व्यवस्था र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले वर्तमान कानूनले व्यवस्था गरेको विवाहको उमेर २० वर्ष नै उपर्युक्त भएको बताएका हुन् ।
अन्तर्क्रियामा प्रतिनिधिसभाको कानून तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरलेले विवाहको उमेर २० वर्षबाट घटाउन नहुने बताउनुभयो । त्यसैगरी महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले विवाहको उमेर २० वर्ष कायम हुँदा समेत बाल विवाह हुने गरेकाले विवाहको उमेर घटाउन नहुने बताउनुभयो ।
राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार समितिका सभापति पार्वती रावलले निकै लामो सङ्घर्षबाट कानूनी रूपमै विवाह गर्ने उमेर २० वर्ष कायम गरी कार्यान्वयन सफलतातिर गइरहेको बताउनुभयो ।
महान्यायाधिवक्ता कार्यालयका सहायक न्यायाधिवक्ता उमङ्ग निरौलाले विवाह गर्ने उमेर, मताधिकार पाउने उमेर र नागरिकता पाउने उमेर फरक फरक भएकाले कानूनी जटिलता भएको बताउनुभयो ।
राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले हाल बालविवाह दर १३ प्रतिशतमा झरेको जानकारी दिनुहुँदै कानूनी व्यवस्थाकै कारण बाल विवाह घट्दो क्रममा रहेको बताउनुभयो ।
त्यसै गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बाल संरक्षण विकास शाखाका प्रमुख शान्तिराज प्रसाईँले सरकारले बालबालिका सम्बन्धी नीति बनाउन लागेको र त्यसमा बाल विवाहलाई प्रमुख आधार बनाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले विवाहको उमेर घटाएर बाल विवाहको सङ्ख्या घटाउन नसकिने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सरोकारवाला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्