उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण
लमजुङ । यहाँ गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन् । लमजुङमा रहेका आठ स्थानीयतहको विभिन्न पदमा उम्मेदवार बनेका एक हजार ४१ मध्ये ५८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदावरले चुनावी खर्च विवरण बुझाइसक्नुपर्ने हुन्छ । ” जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।
जिल्लामा विभिन्न तहका ३९१ पदका लागि उक्त सङ्ख्यामा उम्मेदवार बनेका थिए । हालसम्म स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उमेदवार बनेका तीन–तीन गरी ६, वडाध्यक्षका उमेदवार १४ र ३८ जना सदस्य पदका उमेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् ।
निर्वाचन कार्यालयका अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये राइनास नगरपालिका, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा उम्मेदावर बनेका कुनै पनि उमेदवारले खर्च विवरण बुझाउनुभएको छैन । रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चुनावी खर्च विवरण, #स्थानीय तह निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्