बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ
काठमाडौँ । बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले रामेछापको सुनपाती गाउँपालिका वडा नं.४ स्थायी घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी बस्ने बर्ष ४३ का बिनोद लामा भन्ने बिनोद घिसिङलाई पक्राउ गरेको हो ।
उनमाथि मेगा बैंक लिमिटेड बौद्ध शाखामा रहेको आफ्नो खाताहरुबाट रकम भुक्तान हुने भनी बैंक खाताहरुमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्याएको आरोप थियो ।
घिसिङले चेक लेखेको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसूरमा २०७८ पुष २७ गते एक करोड २ लाख ५० हजार नगद जरिवाना र २१ दिन कैद सजाय तोकेको थियो ।
घिसिङलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम सजाय र जरिवाना तोकिएपछि फरार थिए ।
अदालतको फैसला कार्यान्वयनका लागि ब्यूरोबाट परिचालित टोलीले उनलाई मंगलबार जोरपाटीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा बुझाए जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ, #बैंकिङ कसुर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्