डुम्रे–बेँसीशहर सडक पुनः सञ्चालन
लमजुङ। बाढीपहिरोले गएरातिदेखि अवरुद्ध भएको डुम्रे–बेँसीशहर सडक पुनः सञ्चालनमा आएको छ । आज बिहानदेखि डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएपछि एक्साभेटरले ढुङ्गा माटोसहितको पहिरो हटाएपछि आज १०ः३० बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।
वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले अवरुद्ध बनाएपछि हाल सञ्चालनमा आए पनि फेरि वर्षा भएमा पहिराको जोखिम भने कायम रहेको उहाँको भनाइ छ । सो अवरुद्ध भागमा सडक एकतर्फ सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #डुम्रे बेँसीशहर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्