भारतको कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप
नयाँ दिल्ली । भारतमा कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ ।
एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन् । दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन दिएको पीडितले माधवनविरुद्ध आरोप लगाएकी छन् ।
पीडितलाई कथित रूपमा बलात्कार गरेको र घटनाबारे सार्वजनिक गरेमा आरोपितले गम्भीर परिणाम भोग्ने धम्कीसमेत माधवनले दिएको एक प्रहरी अधिकारीले बताएका छन् । एजेन्सी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #बलात्कारको आरोप, #सोनिया गान्धी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्