चितवनको माडीमा छोराको खुर्पा प्रहारबाट आमाको हत्या
चितवन । चितवनको माडीमा छोराको धारिलो हतियार प्रहारबाट आमाको मृत्यु भएको छ । आज सोमबार दिउँसो सवा तीन बजेको समयमा माडी नगरपालिका ६ स्याउलीबास बस्ने ३७ बर्षीया अर्जुन तामाङको धारीलो हतियारबाट आफ्नै आमा ५५ बर्षीया मायादेवी तामाङको मृत्यु भएको हो ।
आरोपित छोराले आमा मायादेवीलाई घर नजीकैको एक सय मिटर पर मकैबारीमा लगेर खुर्पा प्रहार गरेका थिए । खुर्पा प्रहारबाट उनको घट्नास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
आमाको हत्या गर्ने अर्जुनलाई भने ईलाका प्रहरी कार्यालय माडी चितवनले नियन्त्रणमा लिएको छ । घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्